Biratnagar, Morang, Nepal
३ पुष २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

काबरा ग्रुपले बाँड्यो न्यानो कपडा

उद्घोष सम्वाददाता
३ पुष २०८१, बुधवार

विराटनगर । औद्योगिक घराना काबरा ग्रुप अन्तर्गत गणपतलाल काबरा र उनका पुत्र श्याम काबराले सुनसरीको दुहबीमा मंगलबार एक सय भन्दा बढी स्थानीयबासीलाई न्यानो कपडा तथा खाद्य सामग्री प्रदान गरेका छन् ।

दुहबीस्थित क्वालिटी बिस्कुटको प्राङ्गणमा आयोजित एक कार्यक्रममा काबरा समूहका यी दुई सदस्यले ६० वर्षमाथिका सय जनाभन्दा बढी पाकाहरुलाई कम्बल, सारी, बिस्कुट, चाउचाउ र जुस प्रदान गरेका हुन् ।

उद्योगी गणपतलाल काबरा धार्मिक स्वभावका व्यक्ति हुन् । २२ वर्षयता हरेक वर्ष उनले स्थानीयबासीहरुलाई यसैगरी न्यानो कपडा, खाद्यान्न लगायतका सामग्रीहरु प्रदान गर्दै आइरहेका छन् । 

‘हाम्रो उद्योग नजिकै रहेका तीन गाउँका पाका आमाबुबाहरुलाई हामीले दुई दशकभन्दा लामो समयदेखि यसरी खाद्य सामग्री र कपडा प्रदान गर्दै आएका छौं’, श्याम काबराले भने ‘बुबाले हरेक वर्ष यो कार्यक्रम गर्नुहुन्छ ।’

View : 36

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved