विराटनगर । नगर विकास कोषको सञ्चालक समितिमा रंगेली नगरपालिकाका मेयर दीलिप बगडिया नियुक्त भएका छन् ।
रंगेलीलाई नमूना नगरको रुपमा विकास गर्न सफल मेयर बगडियालाई गत साउन २२ गते बसेको मन्त्रिपरिषद् बैठकले कोषको सञ्चालक समितिमा नियुक्त गरेको हो ।
कोशी प्रदेशबाट मेयर बगडिया मात्र नगर विकास कोषको सञ्चालक समिति सदस्य पदमा नियुक्त भएका हुन् ।
सञ्चालक समितिमा नियुक्त भएपछि मेयर बगडियाले नगर विकास कोषबाट दिने सेवा प्रवाहलाई सहज र सुलभ ढंगले कार्यान्वयनमा लगिने प्रतिवद्धता जनाएका छन् ।
View : 120
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved