Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले बुढीगंगा–१ को अध्यक्षमा सागर थापा

उद्‌घोष संवाददाता
१४ भदौ २०८२, शनिवार

विराटनगर । नेकपा एमाले बुढीगंगा–१ को वडा कमिटी अध्यक्षमा सागर थापा चयन भएका छन् । 

शनिबार सम्पन्न भएको वडा कमिटीको तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा १४ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको हो । 

वडा कमिटीको उपाध्यक्षमा आयुष तिमल्सिना, सचिवमा सुरेन्द्र दाहाल, सह–सचिवमा जुनेश नेपाल र शारदा पोख्रेल चयन भएका हुन् । 

त्यसैगरी सदस्यहरूमा खेम बराल, बलभद्र मगर, राजन खतिवडा, रेखा थापा, लिला बस्नेत, सावित्रा ओली घिमिरे, यादव पौडेल, रञ्जना कार्की र पार्वता पासवान चयन भएको जनाइएको छ । 

वडा अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले मोरङका उपाध्यक्ष सागर थापा लगायत एमाले नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 

View : 1721

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved