विराटनगर । २४ घन्टामा देशभरका पाँचवटा स्थानमा सबैभन्दा धेरै वर्षा भएको छ ।
मोरङको विराटनगरमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । १०० मिलिमिटर भन्दा धेरै वर्षा भएको खण्डमा भारी वर्षा मानिन्छ ।
महाशाखाका अनुसार विराटनगरमा २४ घण्टामा १४१.१ मिलिमिटर वर्षा भएको जनाइएको छ । विराटनगरमा देशभरका पाँचवटा स्थान भएको वर्षा मध्ये दोस्रो भारी वर्षा मापन भएको हो ।
महाशाखाले सबैभन्दा धेरै वर्षा सप्तरीमा मापन गरेको छ । सप्तरीको कञ्चनपुरमा १५१.८ मिलिमिटर वर्षा भएको जनाएको छ ।
त्यसैगरी इलामको कन्याममा १०७.२, झापाको कन्काई मैनाचुलीमा १११ मिलिमिटर, उदयपुरको सुन्दरपुरमा ११९.६ र कैलालीको धनगढीमा १०१ मिलिमिटर वर्षा मापन भएको जनाइएको छ ।
कोशी प्रदेशका अधिकांश जिल्लामा चौबीस घन्टायता ५० मिलिमिटर भन्दा बढी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि देशैभरी वर्षा भइरहेको छ ।
केही स्थानमा भने धेरै भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । २०० मिलिमिटरभन्दा बढि वर्षा भएको खण्डमा धेरै भारी वर्षा भएको मानिन्छ ।
View : 1675
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved