Biratnagar, Morang, Nepal
३ चैत २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

मार्सेली उपभोक्ता सचेतना पुरस्कार घोषणा

उद्‌घोष संवाददाता
२ चैत २०८२, सोमवार

विराटनगर । यस वर्षको मार्सेली उपभोक्ता सचेतना पुरस्कार विराट साहित्य संगम संस्थालाई प्रदान गरिने भएको छ ।

हरेक वर्ष मार्च १५ मा मनाइने विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा यो पुरस्कार स्थापना गरेका हुन् ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तुलसीनारायण अधिकारीको अध्यक्षतामा बसेको बैठकले विराट साहित्य संगम संस्था १५ हजार १ रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । 

उक्त पुरस्कार सरकारीको स्थापना दिवस आगामी साउन ४ गते प्रदान गरिने उपभोक्ता अभियन्ता मार्सेलीले बताए ।

जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता अभियानका लागि संस्थाले १८९ अंकमा उपभोक्ता जागरण विशेषाङ्क प्रकाशन गरेको छ । त्यसमा उपभोक्तालाई सचेत र अभियानबारे विभिन्न प्रकारका सामग्री समावेश गरिएको जनाइएको छ ।
उक्त पुरस्कार अघिल्लो वर्ष झापाका अग्रज पत्रकार मोहनकाजीलाई प्रदान गरिएको थियो । 

यसैबीच, विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भमा आइतबार झापाको विर्तामोडमा उपभोक्ता अधिकारकर्मी ‘मार्सेली’ को सम्पादकीय समुहले प्रकाशन गरेको उपभोक्ता सचेतनामूलक पत्रिका ‘जागरण अभियान’ को वार्षिक स्मारिका सार्वजनिक गरिएको छ । 

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल र प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतका विशिष्ट अतिथिहरूले उक्त पत्रिकाको १०औं अंक संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । 

यो अंकभित्र बिषादीका सम्बन्धमा अनुसन्धानात्मक लेख र सर्वोच्च अदालतको उत्प्रेषणयुक्त परामादेशको आदेश लगायतका सामग्री समावेश गरी ‘खाद्यमा विषादी, जीवनमा क्षति’ भन्ने विषयलाई केन्द्रीत गरेर प्रकाशन गरिएको सम्पादक मार्सेलीले बताए ।

View : 18

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved