Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

जेबी टुहुरे स्मृति दिवसमा दुई स्रष्टा पुरस्कृत

उद्‌घोष संवाददाता
१५ भदौ २०८२, आइतवार

विराटनगर । जनगायक जेबी टुहुरेको स्मृति दिवसका अवसरमा दुईजना स्रष्टालाई पुरस्कृत गरिएको छ । 

जेबी टुहुरे फाउण्डेशनले शनिवार विराटनगरमा आयोजना गरेको चौथो स्मृति दिवसका अवसरमा प्रगतिवादी गीतकार एवम् कवि बम देवान र विराटनगरका रंगकर्मी तथा गीतकार खेम नेपालीलाई पुरस्कृत गरिएको हो । 

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष निर्भिका टुहुरे, नेपाल संगीत तथा नाट्य एकेडेमीका कुलपति निशा शर्मा, नेकपा माओबादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की र नेकपा एमालेका नेता बिनोद ढकाल लगायतले स्रष्टाद्वय देवान र नेपालीलाई पुरस्कृत गरे ।

दुवै स्रष्टालाई जनही ५१ हजार नगद राशिसहित सम्मानपत्र र खादामालासहित पुरस्कृत गरिएको थियो ।

सो अवसरमा बोल्ने वक्ताहरुले गीत संगीतका साथै गणतन्त्र स्थापनामा समेत टुहुरेको योगदान रहेको बताएका थिए ।

View : 385

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved