Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

सीए तथा एसीसीए अभिमूखीकरण

उद्‌घोष संवाददाता
२५ माघ २०८०, बिहिवार

Advertisement

विराटनगर । मेरिल्याण्ड करियर एकेडेमी विराटनगरले बिहीबार विराटनगरमा सीए तथा एसीसीए पढ्न चाहने विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

सो अवसरमा सीए अध्यापन गराउँदै आएको कोशी प्रदेश एक मात्र संस्था सो एकेडेमीमा अध्ययन गरी आईक्यान परीक्षामा सीएको अन्तिम तहको परीक्षामा सर्वोत्कृष्ट (बोर्ड प्रथम) शालु अग्रवाल, बोर्ड द्वितीय युवराज उप्रेतीले सीएमा पढ्नका लागि धेरै अंक ल्याएका भन्दा पनि धेरै मिहनेत गर्न सक्ने हुनु पर्ने बताए ।

कार्यक्रममा सीए किञ्जल पोखरेलले सीएको पाठ्यक्रम र सरोज पोखरेलले एसीसीएको पाठ्यक्रमको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा एकेडेमीका अध्यक्ष डा मोहन सुवेदीले एकेडेमीले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) को सीए पढाउँदै आएकोमा अब बेलायतको  आधिकारिक संस्थाबाट स्वीकृति प्राप्त गरी सकिएकोले एसीसीए पढाइ नयाँ विद्यार्थीको भर्नासँगै सुरु हुने बताए ।

कार्यक्रममा आईक्यान विराटनगरका संयोजक सीए अश्विनी बंशल, मेरिल्याण्ड कलेजका सञ्चालक भेषराज पोखरेल, विनयविष्णु केसी लगायतले सीएको पढाइका बारेमा विचार व्यक्त गरेका थिए ।

View : 630

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved