Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

मेरिल्याण्डको बार्षिकोत्सवमा शिक्षक र विद्यार्थी सम्मानित

उद्घोष सम्वाददाता
११ चैत २०८०, आइतवार

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले २१ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट पाँच शिक्षकलाई सम्मान तथा कक्षागत फरीक्षा एवम् अतिरिक्त त्रियाकलपामा विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । 

कार्यक्रममा वर्षदिनभरी कलेज खुलेको सवैदिन उपस्थित भई कीर्तिमान राख्ने शिक्षक चिरञ्जीवी कोइराला, सोमनाथ तिम्सिना, महेश कटवाल, भोजकुमार श्रेष्ठ र विनोद साहलाई सम्मान गरिएको छ । सम्मानित शिक्षकहरूलाई उनीहरूले खाइपाई आएको एक महिनाको तलव बराबरको नगद प्रदान गरिएको कलेजका प्राचार्य लक्ष्मण ढकालले जानकारी दिए ।

कार्यक्रममा कक्षा ११, १२ र बीबीएसको कक्षागत परीक्षामा उत्कृष्ट हुने र वर्षभरी गरिएको विझिन्न अतिरिक्त त्रियाकलापमा विजयी विद्यार्थीहरूलाई प्रमाणपक्र तथा नगदले सम्मान गरिएको थियो । 

कार्यत्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गडतौलाले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा गरेको योगदान पूर्वी क्षेत्रमा मात्र नभई देश र विदेशमै अतुलनीय रहेको भन्दै प्रशंसा गरेका थिए ।

उच्च शिक्षलय तथा माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’ का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले मेरिल्याण्डले विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न सकेकोले नै शैक्षिक क्षेत्रमा अब्बल हुन सकेको बताए ।

सो अवसरमा कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष प्राडा प्रमोदकुमार झा, संस्थापक प्राचार्य डा मनोज गुप्ताद्वारा आफ्ना बाबुआमाको नाममा स्थापना गरिएको छात्रावृत्ति पनि विद्यार्थीलाई वितरण गरिएको निर्देशक प्रदीप भगतले बताए । 

मेरिल्याण्ड कलेजले पछिल्लो समयमा २०७८ सालमा छात्रा दीया अग्रवालले कक्षा १२ को वोर्ड परीक्षामा उत्कृष्ट ३.९६ जीपीए ल्याई नेपाल प्रथम भएकी थिइन् । २०७९ सालमा पनि मेरिल्याण्डले विराटनगरमै उत्कृष्ट ९५.३७ प्रतिशत परीक्षाफल ल्याउन सफल भएको निर्देशक नन्दकिशोर अग्रवालले जानकारी दिए । 

स्मरण रहोस् मेरिल्याण्ड कलेज देशभरीकै उत्कृष्ट दश व्यवस्थापन कलेजमा सधै पर्दै आएको कलेजका सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाका अध्यापक बद्री पौडेलले बताए । 

View : 105

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved