विराटनगर । कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगिता शनिबारदेखि विराटनगरमा सुरु भएको छ ।
विराटनगरस्थित जुटमिल खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लबले विराट भेट्रान्स क्लब विराटनगरलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
योे जितसँगै मिल्स भेट्रान्सले अन्तिम आठमा आफनो स्थान सुरक्षित गरेको छ । खेलको २५ औं मिनेटमा विराट भेट्रान्सका खेलाडी दीपककुमार भण्डारीले आत्मघाती गोल गरेका थिए ।
डि–बक्स भित्रबाट आफ्नै गोलकिपरलाई पास दिन खोज्दा बलले जाली चुमेपछि त्यही गोल नै निर्णायक बन्न पुग्यो ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष उद्धव भुजेलले गरेका थिए ।
मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराईका अनुसार प्रतियोगिताको विजेताले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेताले ४१ हजार १११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्ने छन् ।
प्रतियोगिताअन्तर्गत आइतबार दुईवटा खेलहरू सञ्चालन हुने छन् ।
पहिलो खेल युनाइटेड भेट्रान्स क्लब विराटनगर र पथरी शनिश्चरे भेट्रान्स क्लबबीच हुनेछ भने दोस्रो खेल हाम्रो इटहरी भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्लब धरानबीच हुने आयोजकले जनाएको छ ।
View : 61
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved