Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

साहित्यकार कट्टेल पुरस्कृत हुँदै

उद्‌घोष सम्वाददाता
१४ चैत २०८१, बिहिवार

विराटनगर । साहित्यकार हरि कट्टेललाई साहित्य कला सङ्गम झापाले भवानी मिश्र पुरस्कारद्वारा पुरस्कृत गर्ने भएको छ । संस्थाद्वारा जारी  विज्ञप्तिमा जनाइएअनुसार सम्मानपत्र, स्मृति चिन्ह र ३५ हजार रुपैयाँ नगद पुरस्कार समर्पण गरिनेछ ।

वरिष्ठ सङ्गीतकार टीका भण्डारी र गायक बुलु मुकारुङ पनि सो पुरस्कारद्वारा पुरस्कृत हुने छन् ।

चैत ३० गते एक भव्य समारोहको आयोजना गरी पुरस्कार वितरण गरिने सो संस्थाले जनाएको छ ।

कवि कट्टेल नेपाली कविता र समालोचनाका क्षेत्रमा स्थापित साहित्यकार हुन् । उनका माधवआनी खण्डकाव्य र अनावृत आकृति कविता संग्रह निकै चर्चित छन् भने हालसालै प्रकाशित दीप्तदृष्टि पनि लोकप्रिय बनेको छ ।

विभिन्न साहित्यिक तथा प्राज्ञिक संघ संस्थाहरूमा आवद्ध कवि कट्टेलका हाल सम्म नौ वटा  कृतिहरू प्रकाशित छन् ।

उनले वाणी पुरस्कार, षडानन्द प्रतिभा पुरस्कार, मोती पुरस्कार, राजेश्वर रेग्मी गजल पुरस्कार लगायत डेढ दर्जनभन्दा बढी सम्मान तथा पुरस्कारहरू प्राप्त गरिसकेका छन् ।

View : 103

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved