विराटनगर । आगामी मंसिर १६ देखि सुरु हुन लागेको नेपालको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरको प्रतिनिधित्व गरेको ‘विराटनगर किंग्स्’ ले आफ्नो टिमका ११ खेलाडी तयार पारेको छ ।
विराटनगर किंग्स्बाट मार्की खेलाडीमा सन्दीप लामिछाने खेल्दैछन् । आइतबार भएको अक्सनबाट विराटनगरले ‘ए’ ग्रेडबाट लोकेश बम, प्रतिश जिसी र बसिर अहमदलाई किनेको हो । विराटनगर किंग्स्ले बम र जिसीलाई जनही १५ लाख तथा अहमदका लागि १० लाख खर्चिएको छ ।
उनीहरूसहित ‘बी’ र ‘सी’ ग्रेडबाट राजेश पुलामी मगर (५ लाख), जितेन्द्र मुखिया (५ लाख), अनिल खरेल (५ लाख), दीपक बोहरा (५ लाख), सुभाष भण्डारी (२ लाख ५० हजार), नरेन भट्ट (२ लाख) र म्रिनल गुरुङ ( २ लाख) मा किनिएका हुन् ।
आफ्नो टोलीका लागि महत्वपूर्ण ११ जना खेलाडीको ‘स्क्वाड’ तयार पारेको विराटनगर किंग्स्ले जनाएको छ । यो टोलीका मालिक विराटनगरकै उद्योगी एवं पूर्वक्रिकेटर पारस लुनिया हुन् ।
उनले आफ्टो टिम पूर्णतया सन्तुलित बनेको दाबी गरेका छन् । ऊनले विराटनगरको खस्किएको क्रिकेटलाई विराटनगर किंग्स्को नेतृत्व गर्दै आगामी दिनमा सशत्त बनाउने बताए ।
आफूले गुल्सन झालाई विराटनगरमा चाहेको भए पनि गोलाबाट उनी कर्णालीमा पुगेको बताए । तर नेपाली क्रिकेटकै महत्वपूर्ण लेग ब्रेकिङ स्पिनर सन्दीप लामिछानेको नेतृत्वमा विराटनगर किंग्स्ले उत्कृष्ट खेल प्रदर्शन गरी मैदानी बर्चश्व कायम गर्ने दाबी गरे ।
‘विराटनगर किंग्स्को टोली अब मैदानमा वर्चस्व कायम गर्न तयार भएको छ’ उनले भने, ‘बलियो र प्रतिभाशाली लाइनअप बनेको छ, यो टोली प्रतियोगितामा कडा प्रतिस्पर्धा र रोमाञ्चक मोड ल्याउन सक्षम छ, अब क्रिकेटका राजाहरूको पछि लागौं, यो यात्रालाई समर्थन गरौं ।’
View : 195
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved