विराटनगर । विराटनगर जुटमिलको खेलमैदानमा छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जेठ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीबारे आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
मिल्स एरियाको फुटबल खेल र खेलाडीहरूको इतिहासलाई जगेर्ना गर्ने उद्देश्यसहित अग्रज पूर्व खेलाडीहरूको नेतृत्वमा वि.सं. २०७२ सालमा क्लब स्थापना गरिएको आयोजकले जनाएको छ ।
क्लबले २०७७ सालदेखि निरन्तर रूपमा कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मिल्स गोल्डकपका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।
उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ‘क’ डिभिजनका ८ वटा फुटबल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
View : 82
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved