Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगर–८ मा महिला तथा स्त्रीरोग शिविर

उद्‌घोष सम्वाददाता
४ साउन २०८१, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिकाले महिला तथा स्क्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर शुरू गरेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को कार्यत्रम अन्तर्गत वडा नं ८ मा हरेक महिनाको पहिलो र अन्तिम बिहीबार महिला तथा स्त्रीरोग सम्वन्धी स्वास्थ्य शिविर शुरू गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी   दिए । 

विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले महिनामा दुई पटक  स्वास्थ्य सेवा प्रवाह गरिने उनले बताए । वडाध्यक्ष पोखरेलका अनुसार विहीबार पहिलो दिन ७ गर्भवती र ५ जना पाठेघर समस्या भएका गरी १२ जनाले सेवा लिएका छन् । सेवाग्राहीहरूलाई विराट नर्सिङ होमका डा भानुभक्त न्यौपानेले स्वास्थ्य परीक्षण गरेका थिए ।

View : 139

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved