Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस विशेष महाधिवेशन :

महामन्त्रीसहित मोरङबाट निर्वाचित भए सात जना (नामसहित)

उद्‌घोष संवाददाता
१ माघ २०८२, बिहिवार

विराटनगर । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनमा मोरङबाट महामन्त्रीसहित केन्द्रीय समितिमा सात जना निर्वाचित भएका छन् ।

गए राती काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको निर्वाचनबाट महामन्त्रीमा पूर्व केन्द्रीय सदस्य समेत रहेका युवा नेता गुरुराज घिमिरे निर्वाचित भएका हुन् ।

त्यसैगरी, सहमहामन्त्रीमा डा.डिला संग्रौला चयन भएकी छन् ।

केन्द्रीय सदस्यहरुमा अमृत अर्याल, बसन्त भट्टराई, विश्वनाथ रिजाल, इन्दिरा कार्की र शिवनारायण सिंह गनगाईँ सर्वसम्मत चयन भएका हुन् ।

अर्याल र संग्रौला भने केन्द्रीय सदस्य समेत हुन् ।

उनीहरूले बिहीबार विहान बसेको पहिलो केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

View : 2280

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved