विराटनगर । हिमालय दर्शन कलेजबाट स्नातक तह उतीर्ण गरेका ५९ विद्यार्थीहरु दीक्षित भएका छन् । कलेजले शनिबार दीक्षान्त समारोह आयोजना गरी उनीहरुलाई दीक्षित गरेको हो ।
बीआईएमका २६, बीसीएका २२ र बीएस्सी सीएसआईटीका ११ गरी कुल ५९ विद्यार्थीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले प्रमाणपत्रसहित दीक्षित गरेका हुन् ।
कलेजका प्राचार्य भरत सापकोटाका अनुसार दीक्षित भएका विद्यार्थीहरू २०७५ को ब्याचका विद्यार्थीहरू हुन् ।
हिमालय दर्शन कलेजमा बीआईएम, बीसीए, बीएस्सी सीएसआईटी, बीबीएस र बीएचएम कोर्ष पढाइ हुँदै आएको छ । पाँचवटै संकायमा करीव ७ सय विद्यार्थीहरु अध्ययरत रहेको जनाइएको छ ।
दीक्षान्त समारोहमा विद्यार्थीहरु सिमरन साह, रञ्जना पौडल र प्रशंशा लुइटेलले कलेज र अध्ययन अध्यापनको अनुभव र अनुभूतिहरु सुनाएका थिए ।
दीक्षान्त समारोहका अवसरमा खेलकुद सप्ताहमा विजेता बनेका कलेजका विद्यार्थीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कलेजका निर्देशक शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खड्का, लक्ष्मण ढकाल र अध्यक्ष डा प्रमोदकुमार झालगायतको उपस्थिति थियो ।
View : 198
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved