Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीबीएको विदाइ र सांस्कृतिक कार्यक्रम

उद्‌घोष संवाददाता
१७ भदौ २०८१, सोमवार

नृत्यका लागि विभिन्न सांस्कृतिक पोशाक पहिरिएका बीबीएका विद्यार्थीहरु । तस्वीर : उद्घोष

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको लोकफ्रिय शैक्षिक कार्यक्रम बीबीए अन्तर्गत नवौं छिमल (ब्याच) का विद्यार्थीहरुले एक समारोह गरी आठौं छिमलका विद्यार्थीलाई आइतबार विदाइ गरेको छ । 

विदाइ समारोहमा महेन्द्र मोरङको गौरवको कार्यत्रम रहेको बीबीएलाई अझ आकर्षक बनाउन क्याम्पस नेतृत्व सम्वेदनशील हुन अनुरोध गरेका थिए ।

सो अवसरमा विद्यार्थीहरुले मन्तव्यलगायत सांस्कृतिक प्रस्तुति पनि गरेका थिए । विद्यार्थीहरु अंकित पोखरेल, संगम पौडेल, विज्ञता भूजेल, पवन काफ्ले लगायतको सक्रियतामा सो कार्यत्रम गरिएको थियो ।

बीबीएका निर्देशक मोहनकुमार श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा क्याम्पस प्रमुख डा रामावतार शरण, पूर्व क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिना, सहायक प्रमुख डा डिल्ली पोखरेल, स्ववियु सभापति जसवन्त पौडेल लगायतले मन्तव्य राखेका थिए  ।

View : 599

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved