Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

संघ र इन्स्योर–हेल्भेटासबीच सम्झौता

उद्‌घोष संवाददाता
१३ माघ २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभेट) अन्तरगत निजी क्षेत्रको अर्थपूर्ण संलग्नता अभिवृद्धि गर्ने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघ र स्वीस सरकारको सहयोगप्राप्त इन्स्योर–हेल्भेटास परियाजनाबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

मंगलबार संघको सचिवालयमा भएको उक्त सम्झौताअनुसार मोरङ उद्योग व्यापार संघले आफ्ना सदस्य उद्योगहरूसँग समन्वय गरी प्राविधिक शिक्षाका प्रशिक्षार्थीहरूलाई उद्योगमा व्यवस्थापन, उद्योगहरूलाई आवश्यक पर्ने सीपको पहिचान र सीप अभिवृद्धिका लागि आवश्यक तालिमबारे जानकारी संकलन गरिने जनाइएको छ । 

साथै सीपमा आधारित प्रशिक्षार्थीहरूले चाहेको सम्भावित उद्योग तथा कम्पनीहरूको सूची व्यवस्थापन गरी संघले प्राविधिक विद्यालयहरूलाई उद्योगहरूसँग सहकार्यका लागि व्यवस्थापन गर्नेछ ।

जस अन्तरगत सम्भावित उद्योगको विवरण तयार गर्ने, कार्यरत कामदारहरूको छनोट, तालिम तथा सीप अभिवृद्धि कार्यक्रमको गुणस्तर अनुगमन गर्ने, प्राविधिक विद्यालयलाई उद्योगसँग जोड्ने प्रणाली स्थापना गर्ने मुख्य उद्देश्य रहेको संघका अध्यक्ष अनुपम राठीले बताए । 

उनले यस्तो सहकार्यले कोशी प्रदेशमा दक्ष प्राविधिक सीपयुक्त जनशक्ति उत्पादन, उद्योग–शिक्षा सहकार्य सुदृढीकरण र दिगो रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

यस्तो सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष राठी र इन्स्योर–हेल्भेटस कोशी प्रदेशका प्रबन्धक विकास पन्थीले हस्ताक्षर गरेको कार्यकारी निर्देशक भरत प्रसाईँले जानकारी दिए ।

View : 112

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved