Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

कर्जा सुरक्षण कोष र फरवार्ड लघुवित्तबीच सहकार्य सम्झौता

उद्‌घोष संवाददाता
१२ मंसिर २०८२, शुक्रवार

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच लघु कर्जा सुरक्षणको साझेदारीमा सम्झौता भएको छ।  शुक्रवार  सुनसरीको दुहवीस्थित फरवार्डको  केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले सम्झौतापत्रमा हस्ताक्षर गरे। कोषका सीईओ रमेश घिमिरे र  फरवार्डका सीईओ रामदयाल राजवंशीले सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गरेका हुन् ।

सो सम्झौताअनुसार, कोषले फरवार्ड लघुवित्तबाट विपन्न वर्गका व्यक्तिहरूलाई लघु तथा साना उद्यम व्यवसायका लागि प्रवाहित गरिएको कर्जालाई सुरक्षण प्रदान गर्नेछ। योजनाअन्तर्गत कर्जाको मृत्यु, अशक्तता वा परियोजना नष्ट भएजस्ता अवस्थामा कर्जाको नोक्सानी भएमा कोषले निश्चित प्रतिशतमा दावी भुक्तानी गर्नेछ।

सम्झौताबमोजिम, फरवार्ड लघुवित्तले वार्षिक सुरक्षण शुल्क ०.७५ प्रतिशतमा थप ०.१५ प्रतिशत सहित कूल ०.९० प्रतिशत शुल्क तिर्नेछ। यसबाट संस्थाबाट प्रवाहित कर्जा शतप्रतिशत सुरक्षित हुने र कर्जा सुरक्षणका लागि चलअचल सम्पत्तीको धितो लगायतका परम्परागत सुरक्षण व्यवस्थाबाट मुक्त हुने अपेक्षा राखिएको छ।

यस अवसरमा फरवार्ड लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत र कोषका विभागीय प्रबन्धक लगायत दुवै पक्षका प्रतिनिधिहरू उपस्थित थिए।

View : 174

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved