Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा कार्कीको सरकार ढाल्न एमाले र माओवादीको बैठक सुरु

प्रचण्डको 'लाइन' लिएर जीवन आचार्य पुगे बैठकमा
उद्घोष सम्वाददाता
२५ चैत २०८०, आइतवार

फाइल फोटो ।

विराटनगर । मुख्यमन्त्री केदार नेतृत्वको सरकार ढाल्नका लागि सत्ता गठबन्धन दलका प्रमुख दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीचको बैठक सुरु भएको छ । विराटनगरको बिग होटलमा उनीहरुबीच बैठक सुरु भएको जनाइएको छ ।

कांग्रेस–माओवादीबीचको केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि बनेको एमाले–माओवादी गठबन्धनले सातै प्रदेशमा सरकार परिवर्तनको गृह कार्य अघि बढाइसकेको छ । नयाँ गठबन्धनमा रहेका दलहरुबीच भएको सहमति अनुसार कोशीमा एमालेले नयाँ सरकारको नेतृत्व गर्ने टुंगो लागिसकेको हो ।

गठबन्धन फेरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने माग एमालेको छ । तर मुख्यमन्त्री कार्कीले राजिनामा नदिने बरु मध्यावधिमा लैजाने चेतावनी दिएपछि एमालेले कार्की नेतृत्वको सरकार ढाल्न कसिएको हो ।

केन्द्रीय गठबन्धनको सहमति अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको लाइन बोकेर जीवन आचार्य बैठकमा सहभागी हुन पुगेका छन् । 

बैठकमा एमालेको तर्फबाट संसदीय दलका नेता हिक्मतकुमार कार्की, उपनेता राम राना, प्रमुख सचेतक रेवतिरमण भण्डारी तथा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र प्रदेश सभा सदस्य एवं माओवादी केन्द्रीय सदस्य जीवन आचार्यबीच छलफल भइरहेको जनाइएको छ ।

View : 211

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved