विराटनगर । कोशी प्रदेशस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले हालै देशव्यापी रूपमा भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका मृत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
यही भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएका प्रति चिर शान्तिको कामना गर्दै र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभेच्छा व्यक्त गर्दै सेवा केन्द्रले बुधबार दुई मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरेको हो ।
कार्यक्रममा कोशी प्रदेश प्रमुख सञ्चालिका ब्रह्माकुमारी गीता दिदीको नेतृत्वमा ब्रह्माकुमारी परिवारको सहभागिता थियो ।
श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले हातमा मैनबत्ती प्रज्वलन गरी श्रीपशुपतिनाथसमक्ष शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न प्रार्थना गरेका थिए ।
View : 263
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved