Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस कोशी प्रवक्ताबाट विष्टको राजीनामा

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिका प्रवक्ता यदु विष्टले पदबाट राजीनामा दिएका छन् ।

उनले प्रदेश सभापति उद्धव थापालाई सम्बोधन गर्दै बुधबार राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा विष्टले पार्टीभित्र विकसित राजनीतिक परिस्थितिका कारण प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न असहज अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।

कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशनको बहस सुरु भएको र आफू त्यसमा सहभागी भएको स्मरण गराउँदै उनले त्यही कारण असहज भएको बताएका छन् ।

उनी मोरङ क्षेत्र नम्बर २ बाट महासमिति सदस्यको हैसियतमा विशेष महाधिवेशन आह्वानका पक्षमा खुलेर उभिएका थिए ।

विशेष महाधिवेशनमा सहभागिता जनाउँदै उनले पार्टीको नीति र नेतृत्वमा परिवर्तन आवश्यक रहेको धारणा सार्वजनिक रूपमा राखेका थिए ।

यही सन्दर्भमा पार्टी सभापतिसँग वैचारिक मतभेद रहेको अवस्थामा प्रवक्ताको जिम्मेवारीमा रहिरहनु नैतिक रूपमा उपयुक्त नहुने ठहरसहित राजीनामा दिएको विष्टले पत्रमा उल्लेख गरेका छन् ।

प्रदेश सभापति थापा भने विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् ।

View : 556

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved