Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

दराजद्वारा ५.५, बिग समर सेलको घोषणा

उद्‌घोष संवाददाता
२१ वैशाख २०८३, सोमवार

विराटनगर । गर्मीमा तापक्रम बढ्दै गइरहेको बेला नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतिक्षित बिग समर सेल सार्वजनिक गरेको छ । यस सेलमार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर नै पस्केको छ । 

दराज ५.५, बिग समर सेल, वैशाख २१ (मे ४) को बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुने छ । यस अवधि भर ग्राहकहरूले ८० प्रतिशतसम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी, तथा ५५ लाख बराबरका भौचरहरू प्राप्त गर्न सक्नेछन् । 

अवसरको बहार नै बोकेर आफ्ना उपभोक्तासमक्ष दराजद्वारा सार्वजनिक यस सेलले गर्मीको समयमा उत्कृष्ट किनमेलको अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ । 

दराजद्वारा आफ्ना उपभोक्तालाई अझ उत्साहजनक सपिङ अनुभव प्रदान गर्न समय समयमा सार्वजनिक हुँदै आएका विभिन्न सेलमा जस्तै यसमा पनि अझ उत्साह थप्दै, विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन् । 

ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फबाट १५ प्रतिशतसम्म, गोल्ड पार्टनर्स ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका तर्फबाट ६० प्रतिशतसम्म तथा सिल्भर पार्टनर्स होतो, नुलाइट र एमडब्ल्यूसीका तफ बाट ७० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । 

साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नेछन् । यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दावी छ । 

ग्राहकहरूले आफ्ना इच्छित सामग्रीहरुमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दराजको दुई गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुनेछ । 

यस आधारमा यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन यहा निर्धारित भन्दा कम मूल्यमा भेट्टाएमा, योग्यताको सर्त अनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । 

यसले ग्राहकहरूलाई अझ विश्वस्त रूपमा किनमेल गर्न सहयोग पु¥याउने कम्पनीको दावी छ । 

दराज ५.५, बिग समर सेलको यस संस्करण अन्तर्गत, ग्राहकहरूले हल्का र स्टाइलिश फेशन सामग्रीदेखि घरलाई गर्मी अनुकूल बनाउन आवश्यक वस्तुहरू, स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरुमा समेत आकर्षक अफरहरू पाउन सक्ने बताइएको छ ।

View : 114

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved