Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

साप्ताहिक हाटबजारमा खसीबोका बिक्री

उद्‌घोष सम्वाददाता
२३ असोज २०८१, बुधवार

खाँदबारी,२३ असोज । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा दसैँका लागि करिब ७५ लाखको खसीबोका बिक्री भएका छन् । भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाटबजारमा  ७५ लाख बराबरको खसीबोका बिक्री भएको हो ।

खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछि खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दसैंँ तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ । साप्ताहिक हाटबजारमा पु¥याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् ।

स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने, मूल्य निर्धारण मात्र होइन, बजारीकरणसमेत हुदै आएको विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले बताए ।

सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा बिक्री भएको थियो । किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्ने र पछिल्लो समय राम्रोसँग बजार पाउने भएपछि जिल्लाका किसानसमेत उत्साहित भएका छन् ।

जिल्ला सदरमुकाम खाँदबारीको हाटमा शनिबार दसैँको लागि ल्याइएको खसीहरु खरिद बिक्री गर्दै स्थानीय ।

अहिले खसीको मूल्य प्रतिकिलो  आठ सयदेखि एक हजारसम्म बिक्री भइरहेको छ ।  रासस

View : 194

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved