Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरका स्कुल कलेज बिदा

उद्‌घोष संवाददाता
२४ भदौ २०८२, मङ्गलवार

विराटनगर । जेनजी समुहको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिका कारण विराटनगर महानगरले मंगलबारका लागि सबै सामुदायिक विद्यालयलाई बिदा दिने निर्णय गरेको छ । 

महानगरले ‘हालै उत्पन्न विषय परिस्थितिलाई मध्यनजर गर्दै’ महानगर भरीका विद्यालयहरु बिदा दिने निर्णय गरेको सूचनामार्फत जनाएको छ । 

निजी विद्यालयहरुले दुई दिन स्कुल तथा कलेजहरु बन्द गर्ने निर्णय गरेपछि महानगरले मंगलबारका लागि बिदा दिएको जनाइएको छ । 

यता हिसान र प्याब्सनले भने दुई दिन कलेज बिदा गर्ने निर्णय गरेका छन् ।

View : 420

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved