Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

कालाबञ्जारमा कांग्रेसको तीज विशेष कार्यक्रम

उद्‌घोष संवाददाता
१८ भदौ २०८१, मङ्गलवार

Advertisement

धरान । नेपाली कांग्रेसले  सुनसरीको बराहक्षेत्र नगरपालिकाको कालाबञ्जारमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको छ । बराहक्षेत्र नगरपालिकाको वडा नं. ३, ४ र ५ लाई समेटेर साविक भरौल गाविसको कालाबञ्जारमा नेपाली कांग्रेस, क्षेक्र नं १ सुनसरीले कार्यत्रम गरेको हो ।

कार्यक्रममा तीज विशेष संगिनी गाउने तथा खेल्ने, दाइजो प्रथाविरुद्ध सचेतना सम्बन्धि नाटक प्रस्तुत र तीज नृत्य प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा वडा नं ३ की सिजी राजधामी प्रथम, वडा नं ५ की सपना श्रेष्ठ दोस्रो र वडा नं. ४ की कुमारी बस्नेत तेस्रो भए । उनीहरुलाई  पुरस्कार स्वरुप सारी प्रदान गरिएको थियो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, सांसद डा सुनिल शर्मा,  नेपाली कांग्रेसका जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य जगत कार्की, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नेपाल महिला संघ सुनसरीकी सभापति विजया कटवाल, महाधिवेशन प्रतिनिधि पूजा धामी, बराहक्षेत्र नगर उपसभापति जीतबहादुर कार्की, बराहक्षेत्र ५ नं वडा सभापति दिलबहादुर पौडेल, आर्थिक संयोजक धनराज राउतलगायतले मन्तव्य राखेका थिए । 

समुदायमा आधारित तीज विशेष कार्यक्रम धरान उपमहानगरको पटनाली र महादेव चोक, बराहक्षेत्र नगरको चतरा तथा रामधुनी नगरको बक्लौरीमा समेत आयोजना हुने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।

View : 458

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved