Biratnagar, Morang, Nepal
१९ असार २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

सानिमा बैंकद्वारा शिविर र पौष्टिक खाद्य वितरण

उद्‌घोष संवाददाता
१९ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर सञ्चालन गरी पौष्टिक खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, मानवीय सहायता, वित्तीय साक्षरतालगायत विभिन्न सामाजिक क्षेत्रमा निरन्तर योगदान दिंदै आएको जनाएको छ । सोही अभियानअन्तर्गत समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले देशभर स्वास्थ्य शिविर सञ्चालन गरी पौष्टिक खाद्य वितरण गरिएको हो ।

गर्भावस्था तथा सुत्केरी अवस्थाका महिलामा देखिन सक्ने कुपोषण, रक्तअल्पता (एनेमिया) तथा अन्य स्वास्थ्य जटिलताबाट आमा र नवजात शिशुलाई जोगाई त्यसको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमअन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयसँग समन्वय गरी करिब १ हजार ५० जना गर्भवती तथा सुत्केरी महिलालाई प्रत्यक्ष सेवा प्रदान गरेको जनाएको छ ।

शिविरमा सहभागी महिलाहरूको स्वास्थ्यकर्मीबाट आवश्यक स्वास्थ्य परीक्षण गर्नुका साथै तीन महिनासम्म पुग्ने स्वास्थ्य प्रवद्र्धक पौष्टिक खाद्य सामग्री वितरण गरिएको थियो ।

बैंकले आगामी दिनमा पनि समाजका लक्षित वर्गलाई सकारात्मक प्रभाव पार्ने यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

हाल सानिमा बैंकका देशभर १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

View : 106

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved