Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

प्रतिबन्धित औषधीका ६० हजार ६०० चक्कीसहित इटहरीबाट एक पक्राउ

उद्‌घोष संवाददाता
१३ वैशाख २०८३, आइतवार

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–११ बाट ६० हजार चक्कीभन्दा बढी परिमाणको प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा शनिबार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले भारत, बिहार नरपतगंजका २९ वर्षीय मो. सहनेवाजलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार सहनेवाजको साथबाट ट्रामाडोल ५० हजार ५ सय ४० चक्की र डाइसाइक्लोमाइन ९ हजार ५ सय २० चक्की गरी ६० हजार ६०० थान चक्की बरामद गरिएको हो । यी औषधीहरू नेपालमा बिना अनुमति बिक्री वितरण गर्न नपाइने भएकाले प्रतिबन्धित सूचिमा पर्छन् ।

पक्राउ परेका सहनेवाजमाथि इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

पछिल्लो समय कोशी प्रदेशमा लागुऔषधको अवैध कारोबार र प्रयोग दुवै बढ्दो क्रममा देखिएको छ । खुला सीमाना, बेरोजगारी तथा युवा पुस्तामा बढ्दो कुलतका कारण समस्या झन जटिल बन्दै गएको सुरक्षा निकायको भनाइ छ।

विशेषगरी भारतीय सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित औषधी तथा लागुऔषध भित्र्याउने क्रम तीव्र बनेको छ।

यसले समाजमा आपराधिक गतिविधि, घरेलु हिंसा तथा स्वास्थ्यसम्बन्धी जोखिमसमेत बढाउने भएकाले सरोकारवाला निकायले नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।

View : 163

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved