Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

बरगाछी सहकारीको साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८२, आइतवार

विराटनगर । बरगाछी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारणसभा शनिबार संस्थाका अध्यक्ष अशोक रेग्मीको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधारणसभामा अध्यक्ष रेग्मीले आर्थिक वर्ष २०८१–८२ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सो अवधिमा एक करोड ८२ लाख रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको जानकारी दिए । 

उनका अनुसार अघिल्लो वर्षको तुलनामा १० लाख १० हजार ३९२ रूपैयाँले नाफा वृद्धि भई खुद नाफा ५० लाख ८९ हजार ६५१ रूपैयाँ पुगेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुलमणि तिमल्सिनाले संस्थाको निरन्तर प्रगतिप्रति खुसी व्यक्त गर्दै देशको हालको विषम आर्थिक अवस्थालाई ध्यानमा राखी अझ संयमित र योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्ने धारणा राखे ।
त्यसैगरी व्यवस्थापक माधवप्रसाद अत्रि, लक्ष्मी पोखरेल, शिवकुमार राय, नेत्रप्रसाद दाहाललगायत वक्ताहरूले सहकारीको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य रणजीतजंग बुढाथोकीले गरेका थिए ।

View : 178

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved