विराटनगर । घरायसी प्रयोगमा आउने प्लाष्टिकका सामग्रीहरूको उत्पादन गर्दै आएको लोटसले मोरङ व्यापार संघ एक्स्पो–२०२३ मा २५ प्रतिशत छुटमा आफ्ना उत्पादनको प्रवर्द्धनात्मक बिक्री वितरण गरिरहेको छ । त्यसैगरी प्लाष्टिक फर्निचरको बिक्रीमा ८ प्रतिशत छुट दिदै आएको जनाइएको छ ।
लोटसका स्टल प्रतिनिधि शिवजीकुमार साहका अनुसार लोटसले घरायसी सामग्रीतर्फ १०४ वटा भन्दा बढी सामग्रीहरू उत्पादन गर्दै आइरहेको छ । त्यस्तै फर्निचरतर्फ २४ वटा सामग्री उत्पादन भइरहेको जनाइएको छ ।
१२ वर्षदेखि एक नम्बर भर्जिन दानाबाट प्लाष्टिकका घरायसी सामग्रीहरू उत्पादन गर्दै आएको लोटसले हत्तपत्त नफुट्ने र चिल्ला चम्किला सामग्री बजारमा ल्याउने गरेको छ ।
उपभोक्ताहरूको मागअनुसारका प्लाष्टिकका सामग्रीहरूका कारण लोटसका उत्पादनहरू लोकप्रिय छन् । जसका कारण नेपालभरि बिक्रेताहरूको सञ्जाल निर्माण भई बिक्री वितरण हुँदै आएको जनाइएको छ ।
कटहरी गाउँपालिका–३ मा रहेको उद्योगबाट लोटसले सयौं घरायसी सामग्रीहरू रोजाई अनुसारका मोडलमा उत्पादन गरिरहेको साहले बताए ।
‘यो प्लाष्टिक सामग्रीमा अति नै राम्रो ब्राण्ड हो, सबैभन्दा राम्रो विशेषता भनेको चम्किलो र हत्तपत्त नफुट्ने यसका विशेषता हुन्’ साहले भने, ‘लोटसले प्रयोग गर्ने प्लाष्टिक दाना पनि एक नम्बर भर्जिन दाना रहेको छ, त्यही भएर हामीले यो एक्स्पोको माध्यमबाट उपभोक्ताहरूको मन जित्नेमा विश्वस्त छौं ।’
View : 371
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved