Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

उदयपुरको बेल्टारमा मध्यरातमा आगलागी, दुईजनाको जलेर मृत्यु

उद्‌घोष संवाददाता
८ वैशाख २०८३, मङ्गलवार

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ स्थित बेल्टार बजारको शान्ति चोकमा गएराती आगलागी हुँदा जलेर दुईजनाको मृत्यु भएको छ । 

मध्यराती दुईवटा घरमा आगो नियन्त्रणमा आउँदा दुईजनाको शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा पवन खड्का र लक्ष्मी खड्का रहेको स्थानीयले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बेल्टारले पनि घटनास्थलमा दुईजनाको जलेको अवस्थामा शव भेटिएकोले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्टका कारण आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट लक्ष्मी खड्का र रविन कुमार दासको घर पूर्ण रूपमा जलेको जनाइएको छ ।

लक्ष्मीको घरमा पुस्तक पसलको गोदाम समेत रहेकोले घटनामा ठुलो क्षति भएको अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल बेल्टार पुगेका थिए ।

करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

View : 150

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved