गाईघाट । उदयपुरमा सोमबार साँझ वर्षासँगै आएको हावाहुरीले ढालेको रुखले किचेर दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
कटारी नगरपालिका–५ का ६४ वर्षीय बीरेन्द्र चौधरी र कटारी नगरपालिका–८ थलियारटारकी ४६ वर्षीया मिनामाया तामाङको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
चौधरीलाई स्थानीय तिनकुने चौक नजिकै टिनको छानो भएको घरमाथि सुकेको सालको रुख ढलेर किचेको हो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा मृतक चौधरीकी ५ वर्षीया नातिनी बिनिषा चौधरी, कटारी–५ आहालेडाँडाका २७ वर्षीय युवराज कार्की, बलाहाका ४६ वर्षीय लिलाबहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र कटारी–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तामाङको भने घर नजिकैको गोठमा खसीबाख्रा सार्ने क्रममा कटमिरोको रुखको हाँगा भाँचिएर लाग्दा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
उनलाई गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पु¥याएको तर उपचारकै क्रममा निधन भएको हो ।
हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा मानिसहरूको घरको छानो उडाएको जनाइएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।
View : 59
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved