Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

एनसेल वुमन आइकन आइसिटी अवार्ड, सूचना प्रविधिमा महिलाको सम्मान

उद्घोष सम्वाददाता
४ पुष २०८०, बुधवार

काठमाडौं । एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि(आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ । 

यस वर्ष सो विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए ।  ती मनोनयनहरूबाट सूचना प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कनपश्चात अवार्डका लागि ७ जना महिलाहरू छनोटमा परेका छन् । शुक्रबार सोल्टी होटल काठमाडौंमा आयोजना हुने इनड्राइभ आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरिनेछ ।

प्रत्येक वर्ष आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रुपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने उत्कृष्ट व्यक्तित्वहरू, नवप्रवर्तक र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ ।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीतिअनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको जनाइएको छ  । सो  पुरस्कारको राशि नगद ३ लाख रहेको छ ।

गतवर्ष  सो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको थियो । सन् २०२१ मा  गुणकेशरी प्रधानले  सो अवार्ड पाएकी थिइन् । त्यसैगरी, सन् २०२० मा प्राध्यापक तिमिला यमी थापाले सो अवार्ड पाएकी थिइन् ।

View : 44

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved