Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

एनसेलद्वारा एसियाली पारा खेलकुदमा पदक विजेता पलेशा गोवर्धनको सम्मान

उद्‌घोष सम्वाददाता
१७ कार्तिक २०८०, शुक्रवार

काठमाडौं : हालै सम्पन्न चौथो एसियालीपारा खेलकुदमा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियालीपारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजीमुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन् । यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान हो एनसेलले भनेको छ ।

यस बाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिति(एनपीसी) नेपालसँग नेपालीपारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको जनाएको छ ।

एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । 

नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको यो एतिहासिक उपलब्धिबाट हामी हर्षित छौं, यो जित नेपालका पारा–एथलिटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो ।

पलेशा र अन्य सबै पारा खेलाडीहरूले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो ।’ 

View : 145

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved