सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका सार्वजनिक विद्यालयमा राजनीतिक दलका कार्यक्रम सञ्चालन नगर्न नगराउन आग्रह गरेको छ ।
विद्यालयका कोठा तथा परिसरमा विभिन्न राजनीतिक दलले आफ्नो दलसँग सम्बन्धित कार्यक्रम गरिरहेको भन्दै व्यापक गुनासो आएपछि प्रशासनले यस्तो आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना नै जारी गरेर विद्यालय पठनपाठन र विशुद्ध शैक्षिक गतिविधि सञ्चालन हुने स्थान भएकाले राजनीतिक दलका आन्तरिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
प्रशासनले चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा, भेला लगायतका कार्यक्रम विद्यालय परिसरमा सञ्चालन नगर्न तथा नगराउन जिल्लास्थित सम्पूर्ण राजनीतिक दललाई आग्रह पनि गरेको छ ।
त्यस्तै, विद्यालय परिसरमा राजनीतिक दलका यस्ता कार्यक्रम हुन नदिन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा स्थानीय सरकारलाई समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
प्रशासनको सूचनामा विद्यालयको शैक्षिक वातावरणलाई राजनीतिक गतिविधिबाट अलग राख्न सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक विद्यालयलाई पठनपाठन तथा शैक्षिक गतिविधिका लागि मात्रै प्रयोग गर्न र राजनीतिक दलसम्बद्ध कार्यक्रम विद्यालय परिसरमा नगर्न आग्रह गरिएको हो ।
View : 35
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved