पाँचथर, भदौ ०९ गते । पाँचथरको फिदिम नगरपालिका-२ पल्लोटार स्थित जोरपिपलमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।
शनिबार साँझ ७ बजे नुवाकोट जिल्ला घर भई हाल भाडामा बस्दै आएका बद्री कुमार पाण्डेको १५ बर्षीय छोरा युवराज पाण्डेको कोठाभित्र रहेको बिधुतको मल्टिप्लग सर्किट छुदाँ करेन्ट लागेर मृत्यु भएको हो ।
घटनाबारेमा तत्काल जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीको टोलीले घटनास्थलको सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठएको जनाइएको छ ।
View : 158
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved