सुनसरी । सुनसरीमै पहिलो पटक इटहरीको कस्तुरी कलेजले कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रोफेसनल कोर्ष चार बर्षे ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजले आइतबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम सञ्चालन गर्ने कस्तुरी कलेज सुनसरीमा पहिलो रहेको जानकारी दिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सुरु गर्न लागिएको यो शैक्षिक कार्यक्रममा कुनै पनि संकायबाट १२ कक्षामा गणित विषय पढेका विद्यार्थीले पढ्न पाउने कलेजले जनाएको छ । विश्वविद्यालयबाट ४८ जना विद्यार्थी पढाउने कोटा पाएको कलेजले पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कलेजका प्राचार्य कमलेश पौडेलले जानकारी दिए ।
View : 438
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved