सुन्दरहैंचा । मोरङको सुन्दरहरैंचामा रहेको जनचेतना सामुदायिक वन उपभोक्ता समूहको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा समूहका अध्यक्ष सीताराम पाण्डेले आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादनको विवरण प्रस्तुत गरेका थिए । उनले २०८१–८२ का लागि कार्यक्रम बजेटसमेत प्रस्तुत गरे ।
सभामा सोमराज गुरागाईंले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सुन्दरहरैंचा वडा नम्बर ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, सब–डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गोपाल दाहाल र प्रदेश वन महासंघका सदस्य अग्नि पौडेललगायतको सहभागिता थियो ।
View : 75
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved