Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराटनगरमा ‘बाजेको सेकुवा’ को १९औं शाखा

उद्घोष सम्वाददाता
२३ कार्तिक २०८०, बिहिवार

विराटनगर : विदेशमा समेत शाखा सञ्जाल पुर्‍याएको नेपालको चर्चित रेष्टुरेन्ट ब्राण्ड ‘बाजेको सेकुवा’ले विराटनगरमा बिहीबारदेखि १९औं शाखा सञ्चालनमा ल्याएको छ । 

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले विराटनगर–४ स्थित पिपल चोकमा ‘बाजेको सेकुवा’ को १९औं शाखाको औपचारिक उद्घाटन गरेका छन् । 

सोही अवसरमा काठमाडौंमा सुरुमा ‘बाजेको सेकुवा’ सुरु गर्दाका संस्थापक स्वर्गीय दीनानाथ भण्डारी र खिला राजेश्वरी भण्डारीको प्रतिमालाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अनावरण गरे ।

४७ वर्ष पहिले स्थापित ‘बाजेको सेकुवा’ अहिले अमेरिका लगायतका मुलुकमा चेन रेष्टुरेन्टका रुपमा शाखा सञ्जाल विस्तार भएर सञ्चालन हुँदै आएको छ । अमेरिकामा सञ्चालित ‘बाजेको सेकुवा– द हिमालयन ग्रिल’ को सफलताबाट प्रेरित भएर त्यसैलाई संयोजन गरेर विराटनगरमा १९औं शाखा सुरु गरिएको सञ्चालक चेतन भण्डारीले बताए । 
 

View : 200

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved