Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराटनगरका एनआईसी एशिया बैंकका तीन शाखा गाभिंदै

उद्‌घोष संवाददाता
२५ पुष २०८२, शुक्रवार

विराटनगर । एनआईसी एशिया बैंकले विराटनगरभित्रका तीनवटा शाखालाई समायोजन गर्ने तयारी अघि बढाएको छ । 

बैंकले विराटनगरस्थित मेनरोड शाखा र हाटखोला शाखालाई डीएसपी रोडस्थित विराटनगर शाखामा समायोजन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी रानी मिल्सएरिया शाखालाई रोडशेष चोक शाखामा समायोजन गरिने बैंकको सूचनामा उल्लेख छ । 

बैंकले आगामी २०८३ बैशाख ३ गतेदेखि लागू हुनेगरी तीनवटा शाखालाई समायोजन गर्ने जनाएको छ । 

कुनै बेलामा आक्रामक रुपमा शाखा विस्तार गर्ने बैंकका रुपमा परिचित भएको एनआईसी एशिया बैंकले अहिले त्यसरी विस्तार गरिएका शाखालाई समायोजन गर्न थालेको हो ।

बैंकले समायोजन भई सञ्चालनमा रहने शाखाबाट यसअघिको शाखाका ग्राहकले सबै बैंकिङ सेवा सुविधा लिन सक्ने उल्लेख गरेको छ । 

बैंकले यसबाट ग्राहक र सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमासमेत मागेको छ ।

View : 96

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved