विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको समय सकिएको छ । बिहीबार विहान ७ बजेबाट सुरु भएको मतदान कार्य अहिले बेलुका ५ बजे सकिएको हो ।
मतदानको समय सकिएका कारण मतदान अधिकृतहरूले मतपेटिका सिलबन्दीका लागि मुचुल्का तयार पार्न थालेका छन् ।
मतपेटिकालाई सुरक्षा निकायले निगरानीमा राखेको छ ।
मतदानको समय सकिएपनि केही मतदान केन्द्रभित्र अझैपनि मतदाताहरू रहेका कारण उनीहरूले मतदान गरेपछि पटपेटिका सिल गरिने जनाइएको छ ।
मोरङका ६ वटै निर्वाचन क्षेत्रका ८८८ वटा मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
View : 51
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved