Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

पुँजीगत खर्चमा सुधार आएको महानगरको दाबी

उद्घोष सम्वाददाता
२७ असार २०८१, बिहिवार

विराटनगर । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । 

चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल भएको छ । 

नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको मेयर नागेश कोइराला बताउँछन् । चालुतर्फ महानगरले ८४ दशमलव ५५ प्रतिशत खर्च गरेको छ । १ अर्ब ६३ करोड विनियोजन गरेकामा १ अर्ब ३८ करोड ३७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । 

महानगरले वित्तीय व्यवस्थापनतर्फ ५ करोड विनियोजन गरेकामा ४ करोड ७३ लाख खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । गत आर्थिक वर्ष ६४ प्रतिशत खर्च गरेको थियो ।

महानगरले चालु आवका लागि ३ अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकोमध्ये २ अर्ब ५२ करोड १ लाख रुपैयाँ खर्च गरेको लेखा शाखाका प्रमुख सञ्जीव भट्टराईले जानकारी दिए ।

६ वटा महानगरमध्ये काठमाडौं महानगरले सबैभन्दा कम पुँजीगत खर्च गरेको छ । काठमाडौंले ५१ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

View : 142

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved