विराटनगर । विराटनगर–२ स्थित बुढानीलकण्ठ सेकेण्डरी इङ्लिस स्कुलले स्थापनाको ४० बर्ष पुगेको अवसरमा फन फिस्टा आयोजना गरेको छ । स्कुलले ‘उत्कृष्टताको ४० बर्ष’ नाराका साथ शनिवार विद्यालयमा भव्य कार्यक्रमका साथ फन फिस्टा आयोजना गरेको हो ।
सोही अवसरमा स्कुलले अगुवा शिक्षाकर्मी गुणराज ढुङ्गेल र सामाजिक अभियन्ता मिना जोशीलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विद्यालयका फ्याकल्टी डिन डा.सन्देशदास श्रेष्ठले उनीहरूले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । समाजका अग्रज व्यक्तित्वहरूलाई सम्मानित गर्ने अवसर पाउँदा आफूलाई आशीर्वाद प्राप्त भएको बताए । विद्यालयका अध्यक्ष बुद्धिबहादुर प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रिन्सिपल मणिराज भट्टराईले २०७९ सालयता नयाँ व्यवस्थापनमा विद्यालय सञ्चालन भइरहेको जानकारी दिए । उनले नयाँ व्यवस्थापनले अहिलेसम्म ९ करोड बढी लगानी गरिसकेको पनि बताए ।
विद्यालयले अहिलेसम्म अभिभावकहरूले गरेको विश्वासलाई सम्मान गर्दै जाने प्रतिबद्धता जनाए । बुढानीलकण्ठ स्कुल खगेन्द्र पाण्डेले स्थापना गरेका थिए । उक्त विद्यालयले हालसम्म उपत्यका बाहिर तीन पटक बोर्ड टपर समेत बनिसकेको जनाइएको छ ।
फन फिस्टाका अवसरमा विद्यार्थीहरूले विज्ञान प्रविधिहरूको प्रदर्शनी, मौलिक परम्परा झल्काउने सामग्रीको प्रदर्शनी गरेका छन् । साथै विभिन्न प्रकारका खेलहरू समेटिएको गेम जोन र फुड स्टलका माध्यमबाट उनीहरूले मनोरञ्जन समेत प्राप्त गरेको जनाइएको छ ।
कार्यक्रममा निजी विद्यालय र सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।
View : 442
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved