भरतपुर । भरतपुर महानगरपालिका–१ स्थित गेस्टहाउस चोक क्षेत्रमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको कार्यक्रमस्थलमा पानी जमेको छ ।
गएराति परेको वर्षाका कारण कार्यक्रमस्थलको केही भागमा पानी जमेपछि आयोजक पक्षले स्थल व्यवस्थापनको काम गरिरहेका छन् ।
जमेको पानीका कारण कार्यक्रम असर नपरोस् भन्ने डोजर प्रयोग गरी माटो हालेर स्थान सम्याउने काम भइरहेको छ ।
महाधिवेशन उदघाटन स्थलमा सहभागीहरु बस्न बनाइएका तीन वटा सेक्सनमध्ये २० मिटर चौडा र ७५ मिटर लम्बाइको मुख्य खण्डको ह्यांगर तल गएरातिको वर्षाले पानी जमेको हो ।
मुख्य सेक्सनभन्दा माथिको ह्यांगरमा भने खासै पानी जमेको छैन । पानी जमेका ठाउँमा माटो राखेर सम्याउने काम भइरहेको छ ।
तस्वीरहरु : नेपाल न्यूज बैंक
रास्वपा महाधिवेशनको उद्घाटन आज अपरान्ह २ बजे पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले घण्टी बजाएर गर्ने जनाइएको छ ।
View : 85
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved