Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

यो नागरिक सरकार हो, पहिलेभन्दा सुदृढ चुनाव गराउँछ : गृहमन्त्री अर्याल

उद्‌घोष संवाददाता
१६ फागुन २०८२, शनिवार

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिक सरकार भएकोले पहिलेको भन्दा यसपटकको चुनाव सुदृढ हुने दाबी गरेका छन् ।

शुक्रबार कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखसहित मोरङका सुरक्षा प्रमुखसँगको छलफलपछि गृहमन्त्री अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार सरकारले केन्द्रदेखि जिल्ला तहसम्म काम गरिरहेको बताए ।

‘पहिलो घेरामा निर्वाचन प्रहरी र प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने छ’ गृहमन्त्री अर्यालले भने, ‘अब निर्वाचन हुँदैन भन्ने प्रश्न नै होइन, २१ गते चुनाव हो, हल्लामा टेकेर प्रश्न जन्माउनु उचित होइन ।’

उनले जिल्ला तहसम्म निर्वाचन सुरक्षा योजना कार्यान्वयन भइरहेको स्पष्ट पारे । 

सरकारले निर्वाचन आचारसंहिता उल्लंलनका विरुद्ध पहिलो भन्दा धेरै ध्यान दिएको पनि दाबी गरे । 

‘यो नागरिक सरकार हो, यसले कसैप्रति पक्षरधरता लिंदैन र कानुन कार्यान्वयनमा पछि हट्दैन’ उनले भने, ‘पहिलेको भन्दा सुदृढ चुनाव गराउँछ, कानुन कार्यान्वयन गर्न यो सरकार दृढ छ ।’

अहिलेपनि निर्वाचन हुँदैन कि भन्ने प्रश्नहरू उठिरहेको भन्ने प्रश्नमा गृहमन्त्री अर्यालले अब यो प्रश्नकै औचित्यै समाप्त भएको बताए । उनले सुरक्षा व्यवस्थामा आशंका गर्ने ठाउँ समाप्त रहेकोसमेत बताए ।

‘अब जसको मनोबल बढ्नु पर्ने हो उसको बढ्छ, जसको घट्नुपर्ने हो त्यसको घट्छ । किनभने विधिको शासनलाई आधार मानेर हामी काम गर्छौं, यो चुनावमा दण्डहिनता चैं रहँदैन ।’

निर्वाचन आयोगका प्रमुख आयुक्त लगायतको टोलीसहित हेलिकप्टरमा विभिन्न जिल्ला भ्रमण गर्दै विराटनगर आइपुगेका अर्यालले निर्वाचनको अवधिमा मौसमले पनि साथ दिने दाबी गरे । मौसम विज्ञान विभागले एक हप्ताको मौसम आजसम्म रिपोर्ट दिने बताउँदै मौसम ठीक रहने बताए ।

View : 149

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved