विराटनगर । कोशी प्रदेशमा रहेका सुरक्षा व्यवसायीहरूको संगठनको अध्यक्षमा तीर्थराज घिमिरे निर्वाचित भएका छन् । सुरक्षा सेवा व्यवसायी संघको कोशी प्रदेश अध्यक्षमा घिमिरे निर्वाचित भएका हुन् ।
सुनसरीको इटहरीमा सम्पन्न भएको संघको ११ औं अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको जनाइएको छ । घिमिरे सोही संघको केन्द्रीय उपाध्यक्ष समेत हुन् ।
दुई उपाध्यक्षमा वीरेन्द्र कटवाल र जुद्ध लोहनी, सचिवमा डम्बर बस्नेत, कोषाध्यक्षमा प्रकाश कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाल प्रहरीका अवकाश प्राप्त घिमिरेले अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज् र टीआर सेक्युरिटी सप्लायर्सका सञ्चालक हुन् । घिमिरे आफ्नो पेशागत कार्यक्षेत्र बाहेक सामाजिक काममा समेत सक्रिय रहँदै आएका छन् ।
कोशी प्रदेश अध्यक्षमा निर्वाचित भएपछि उनले सुरक्षा व्यवसायीको हकहितमा निरन्तर क्रियाशील रहने र सुरक्षा व्यवसायीहरूले भोग्नु परेका समस्यालाई समाधान गर्न सरोकारवाला निकायसँग संवाद गर्दै अघि बढ्ने बताए ।
View : 146
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved