Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नयाँ बर्षको अवसर पारेर गोदावरी रिसोर्ट सञ्चालन

उद्‌घोष सम्वाददाता
४ वैशाख २०८२, बिहिवार

सुन्दरहरैंचा । नयाँ वर्षको अवसरमा मोरङको सुन्दरहरैंचा–४ मा गोदावरी रिभरसाइड रिसोर्ट सञ्चालनमा आएको छ । 

यसअघि सञ्चालित त्रिवेणी रिसोर्टका सञ्चालकहरू परिवर्तन भएर नयाँ नामले  गोदावरी  रिसोर्ट सञ्चालनमा आएको हो । 

रिसोर्ट शुभारम्भका अवसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ४० करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा आएको अध्यक्ष रमेश खड्काले बताए  ।

१० बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा प्रकृति र मनोरञ्जनको उत्कृष्ट संयोजन रहेको हुनाले अतिथिलाई आरामदायी वातावरणमा अद्वितीय अनुभव दिने लक्ष्य राखेको उनले बताए । 

रिसोर्ट परिसरको रेष्टुरेन्टमा स्वदेशी तथा विदेशी परिकारको स्वाद लिन सकिने तथा लजमा आरामदायी कोठाहरु रहेको सञ्चालकको भनाइ छ । रिसोर्टमा बाल उद्यान, पानी जहाजको मज्जा तथा सेमिनार हलको सुविधा पनि उपलब्ध रहेको बताइएको छ ।

कोशी प्रदेश सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०८२ लाई प्रवद्र्धन गर्न रिसोर्टले भूमिका खेल्ने सञ्चालक रोहित शाहले बताए । 

उनले गोदावरी रिसोर्टको औपचारिक शुभारम्भको घोषणा गर्न पाउँदा उत्साहित भएको उल्लेख गर्दै रिसोर्टले अतिथिहरूलाई जीवनभर सम्झनलायक अनुभव प्रदान गर्ने लक्ष्य राखेको जानकारी दिए ।

View : 223

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved