Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस निर्वाचन :

उपसभापतिमा फरमुल्लाह मन्सुर, महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल निश्चित

उद्‌घोष संवाददाता
३० पुष २०८२, बुधवार

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले उपसभापतिमा संस्थापन पक्षबाट कारवाहीमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुर चयन हुने निश्चित भएको छ ।

कांग्रेसमा दुई उपसभापति रहने व्यवस्था रहेको छ । एउटा उपसभापतिमा मन्सुरको नाम टुंगो लागिसकेको र अर्को उपसभापतिका लागि छलफल जारी रहेको युवा नेता अजयबाबु शिवाकोटीले जानकारी दिए ।

विधानअनुसार पार्टीमा दुई महामन्त्री रहने व्यवस्था अनुसार गुरुराज घिमिरे र प्रदीप पौडेल चयन हुनेछन् ।

विशेष महाधिवेशनको बन्दसत्र हलमा अहिले निर्वाचन समितिले मनोनयन पछिको निर्वाचन प्रकृया अघि बढाइरहेको छ । 

सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको पनि जनाइएको छ । उनी पनि निर्विरोध सभापति घोषित हुने तयारीमा छन् ।

महाधिवेशनले १३१ सदस्यीय केन्द्रीय समिति गठन गर्नेछ ।

अन्य पदाधिकारी टुंगो लगाउन नेताहरुबिच छलफल भइरहेको जनाइएको छ ।

View : 231

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved