विराटनगर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) युवा फ्रदेश कमिटीको आयोजनामा सोमबार विराटनगरमा युवा रोजगार र दुर्व्यसन सम्बन्धी सचेतनामुलक अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरमा आयोजित अन्तरक्रियामा निजी तथा सरकारी २० विद्यालयका करीव डेढ सय विद्यार्थीहरूको सहभागिता रहेको जनाइएको छ ।
जिफन्ट कोशी युवा कमिटी अध्यक्ष भली सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले युवा श्रमिकको अवस्था र रोजगारका अवसरबारे आफ्नो धारणा राखेका थिए । त्यसैगरी लागू पदार्थको प्रयोगबाट युवा वर्गमा पर्ने समस्याका बारेमा अभियन्ता सञ्जीव चापागार्इंले जानकारी गराए ।
अभियन्ता वसन्त अधिकारीले युवाको शक्तिका बारेमा सहभागी विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । त्यस्तै रोजगारी सम्वन्धी विषयमा उद्योग संगठनका कार्यकारी निर्देशक चुडामणि भट्टराईले सहजीकरण गरेका थिए ।
सचेतना कार्यक्रममा प्रहरी निरीक्षक तरूण परियारले युवा र अपराध तथा कानुनमा भएका व्यवस्थाबारे जानकारी गराएको जिफन्ट कोशी प्रदेश उपसचिव हरि अधिकारीले बताए ।
View : 130
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved