Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित

उद्‌घोष संवाददाता
१४ जेठ २०८३, बिहिवार

Advertisement

विराटनगर । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेकका अन्य सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । 

बोर्डले जारी गरेको पत्रअनुसार बोर्ड बैठकको निर्णयबमोजिम बढ्दो वित्तीय संकट व्यवस्थापन गर्न अर्को निर्णय नभएसम्मका लागि उक्त सेवा स्थगित गरिएको हो ।

पत्रमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक (इमर्जेन्सी) बाहेकका अन्य स्वास्थ्य बीमा सेवा जेठ १६ गतेदेखि लागू हुने गरी रोक्ने निर्णय गरिएको उल्लेख छ ।

बोर्डको उक्त सूचनापछि विराट शिक्षण अस्पताल र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले स्वास्थ्य बीमा सम्बन्धी केही सेवा अस्थायी रूपमा स्थगित गरिएको जनाएका छन् ।

अस्पताल प्रशासनद्वारा जारी सूचनाअनुसार स्वास्थ्य बीमा बोर्ड को निर्णयअनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक (इमर्जेन्सी) बाहेकका अन्य स्वास्थ्य बीमा सम्बन्धी सेवाहरू निर्णय नभएसम्म स्थगित गरिएको हो । 

अस्पतालले यस अवधिमा आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहने जनाएको छ ।

View : 249

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved