Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

अन्तर्राष्ट्रिय कराते च्याम्पियन थापालाई सम्मान

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

सुन्दरहरैंचा । अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै उपाधि जित्न सफल शिक्षा सन्देश अंग्रेजी स्कुल बेलबारीका विद्यार्थी सयल थापालाई विद्यालयले विशेष सम्मान गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा विद्यालय परिवारले थापाको उल्लेखनीय उपलब्धिको कदर गर्दै सम्मान तथा बधाई ज्ञापन गरेको हो । 

शिक्षा सन्देश स्कुलको कक्षा ९ मा अध्ययनरत थापाले हालै सम्पन्न ‘मेयर कप  नेपाल, १२औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप’ मा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएका थिए । प्रतियोगितामा उनले उपाधिसंगै नगद ८१ हजार रूपैयाँ पुरस्कार समेत प्राप्त गरेका छन् ।

झापाको मेचीनगरस्थित काँकडभिट्टामा आयोजित सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो ।

सो प्रतियोगिता नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, भुटान, श्रीलंका र पाकिस्तानका खेलकुद संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । 

दक्षिण एसियाका विभिन्न देशका खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा उपाधि जित्नु सयलका लागि मात्र नभई नेपाली कराते खेलकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

View : 81

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved